श्रवण कुमार यादव
दाङ। नेपाल कम्युनिस्ट पार्टी(विप्लव) निकट अखिल नेपाल शिक्षक संगठन दाङ जिल्लाको तेस्रो जिल्ला भेला मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ।
भेलाले धनिराम जिएमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको सह-अध्यक्षमा मेघ राज घिमिरे, उपाध्यक्षमा घनश्याम आचार्य र विभिसन रोका, महिला उपाध्यक्षमा सुमित्रा सुवेदी, सचिवमा लिलाधर नेपाली , सह-सचिव (अर्थ )मा क्षेत्र बहादुर वली, उषा गौतम र श्रवण कुमार यादव रहेका छन् ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा प्रेम वली, सिता भण्डारी, निर्मला वली, चन्द्र बहादुर वली, सर्स्वता नेपाली, नविन गिरी, सरिता वली, उमा चौधरी लगायत २१ जना कार्यसमिती रहेका छन्।
अखिल नेपाल शिक्षक संगठनको तेस्रो जिल्ला भेला धनिराम जिएमको अध्यक्षता एंव नेपाल कम्युनिस्ट पार्टी दाङका इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा प्रमुख अतिथी सविन सी, दाङ जिल्ला सेक्रेटरी तिलक सी, नेकपाका केन्द्रिय सदस्य प्रदीप सी, अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश उपसचिव लिलाधर वि.क., अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष विरवल वली लगायतले शुभकामना मन्तव्य राख्नुभएकोे थियाे।
भेलामा अखिल नेपाल शिक्षक संगठनकी केन्द्रिय सचिव निर्मला डाँगीद्वारा प्यानल प्रस्ताव गरिएकाे थियाे भने नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँपालिका इन्चार्ज जनक सीले तेस्रो भेलाबाट चयन भएका जिल्ला कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो।
घनश्याम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष मेघ राज घिमिरेले गर्नुभएकोे थियाे।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।