कमल खड्का
होलेरी । दाङ जिल्ला सहकारी संघ लिमिटेडको रणनीतिक योजना र कार्यविधि तर्जुमा कार्यशाला सम्बन्धी कार्यक्रम सोमबारबाट सुरु भएको छ । कार्यक्रम रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी रहेको होटेल कोहिनुर हुँदैछ ।
कार्यक्रम ३ दिन सम्म संचालन हुने आयोजक दाङ सहकारी संघले जानकारी दिएको छ । कार्यक्रम जिल्ला सहकारी संग दाङका अध्यक्ष हेमराज गौतमको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा भएको हो ।
यस सहकारी संघका पदावधिकारीहरुको अवधि ४ बर्ष रहने र ४ बर्षसम्म के के गर्ने भन्नेेबारेमा रणनीतिक योजना र कार्यविधि तर्जुमा सहकारी संघ दाङको कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष पुनले सहकारीको मुल मर्म र मान्नेता भन्दा बाहिर गएर केही सहकारीहरुले गतिविधिहरु संचालन गरेको कारणले सहकारीमा विभिन्न किसिमका समस्याहरु आई परेका हुँदा सहकारीहरुले आफ्नो सिद्धान्त अनुरुप आफ्नो कामहरु गरे जनताले विश्वास गर्ने र सहकारीको विश्वसनीयता पनि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै दाङ जिल्ला सहकारी संघका अध्यक्ष गौतमले सहकारीले गर्ने कामको रणनीतिक योजना र कार्यविधि निर्माण सहकारी आफैले गर्न लागेको बताउदै आगामी दिनमा कसरी अगाडी जाने कसरी लक्ष्य निर्धारण गर्ने कसरी काम गर्ने ,कति प्रतिशत काम गर्दै जाने, लक्ष्यहरु के के राख्ने भन्ने कुराहरु समेतेर रणनीतिक योजनाहरु तयार गर्न लागेको बताउनु भयो ।कार्यशालाले निर्धारण गर्ने छ ।
कार्यक्रम सहकारी संघ दाङका बरिष्ठ उपाध्यक्ष माधब खनालको स्वागत मन्तव्यबाट सुरु भएको हो ।यदेवी दाङमा गर्ने सकिने कार्यक्रम भए पनि दाङको गर्मीले गर्दा रोल्पाको सितलता र शान्तपुर्ण वातावरणमा बसेर गर्ने ईच्छा भएकोले कार्यक्रम रोल्पामा गर्न लागेको आयोजक बताएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।