• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौथो बंगलाचुली कपको तयारी पुरा , उद्घाटन मा. खनालले गर्ने




मधुसुदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा भोलि १४ गते देखि सुरु हुने  चौथो बंगलाचुली कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजनामा सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको खेल सञ्चालन समितिका संयोजक एंव वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्तिले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घाटन भोलि बिहान ११ बजे लुम्बिनी प्रदेश सभा सदस्य एंव निवर्तमान मन्त्री  राजु खनालको प्रमुख आतिथ्यतामा हुने संयोजक घर्तिले बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत  महिला पुरुष भलिबल र पुरुष क्रिकेट खेल रहेका छन । भलिबल तर्फ महिलाको ७ वटा र पुरुषको पनि ७ वटा टिम दर्ता भएका छन भने क्रिकेट तर्फ ८ वटा टिम दर्ता भएका छन ।दर्ता भएका टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ । जसअन्तर्गत क्रिकेट तर्फ ग्रुप ए मा वडा नम्बर ४, ५,७ र ८ रहेका छन । यस्तै ग्रुप बि मा वडा नम्बर १,२,३ र ६ रहेका छन। भलिबल पुरुष तर्फ ग्रुप ए मा वडा नम्बर १, ५, ६ र ७ रहेका छन । यस्तै ग्रुप बि मा वडा नम्बर २, ३ र ८ रहेका छन । महिला भलिबल तर्फ ग्रुप ए मा वडा नम्बर ३, ५,६ र ७ रहेका छन भने ग्रुप बि मा वडा नम्बर १,४ र ८ रहेका छन ।

उद्घाटन खेलमा क्रिकेट तर्फ साबिक बिजेता वडा नम्बर ४ र वडा नम्बर ७ बिचको खेल हुनेछ । यस्तै भलिबल पुरुषतर्फ वडा नम्बर १ र ५ बिच खेल हुनेछ भने महिला भलिबल तर्फ वडा नम्बर ६ र वडा नम्बर ७ विच खेल हुनेछ ।

प्रतिययोगितमा महिला पुरुष भलिबल तर्फ प्रथम हुने टिमले २५ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।  यस्तै द्धितिय र तृतिय हुने टिमले क्रमशः १५ हजार र ८ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन । यस्तै क्रिकेट खेलमा विजेता हुने टिमले २५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।भने उपबिजेता हुने टिमले १५ हजार नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन । सबै खेल बंगलाचुली ४ जुम्लेपानीमा रहेको गढिलेख खेल मैदानमा हुनेछ ।

Facebook Comments