• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रका जिल्ला सदस्य केसी विप्लव नेकपामा समाहित




घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङका जिल्ला सदस्य हरि केसी विप्लव नेकपामा समाहित  छन् ।

उनी माओवादी केन्द्र परित्याग गरि शनिबार विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरको प्रथमपूर्ण  बैठकको अवसर पारेर जिल्ला सदस्य केसी नेकपामा समाहित भएका हुन् ।

पार्टीमा समाहित भएका केसीलाई पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीलगायका नेताहरुले पार्टीमा स्वागत गरेका थिए  ।

पार्टीले  उनलाई स-सम्मानसहित उचित जिम्मेवारी दिने पार्टी घोराही नगर कमिटीले जनाएको छ ।

 

Facebook Comments