घोराही । दाङको घोराही- १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यर्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको बिभिन्न चोक-चोकमा छुट्टाछुट्टै ब्यबसाय गरेका छन् । सैद्धान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थीहरुलाई ब्यबसायमा खटाएको हो । गुरुकुल एकेडेमी घोराहीका बिद्यार्थी बिभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए ।
कुनै चोकमा पानिपुरी ,कुनैमा मकै ,कुनैमा खरबुजा , कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरीरहेका थिए । त्यो कुनै बास्तविक ब्यबसाय नभएर घोराहीमा रहेको गुरुकुल एकेडेमिले पढाई संगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो । २०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमीले सुरुवातिबाट नै आफ्नो बिद्यार्थीहरुलाई यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउदै आएको छ । शिक्षामा पढाइले मात्र बास्तविक जिवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरी ब्यबहारमा उतार्ने उद्धेश्यका साथ बजारका बिभिन्न ७ वटा चोकमा बिभिन्न ब्यबसाय गरीएको बिद्यार्थीहरुले बताएका छन् ।
कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत बिद्यार्थीहरु यो कृयाकलापमा सहभागी भएका थिए । बिद्यार्थीले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन् । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११मा अध्ययणरत छात्रा बिनिता थापाले बताइन् । गुरुकुल एकेडेमीका बिद्यार्थीहरुले उत्पादन गरेका बिभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन् । बिद्यार्थीहरुले बनाएको खाने कुरा खादै ग्राहक नेव बहादुर केसीले बिद्यार्थिहरुको कामको प्रशंसा समेत गरेका थिए । गुरुकुल एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुको यो कृयाकलापप्रति अभिभावकहरु पनि निकै उत्साहित हुँदै आगामी दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिनुपर्ने अभिभावक किरण रेग्मीले बताउनुभयो । बिद्यार्थीको यो ब्यबसाय गर्ने कला र उनीहरुको कामप्रति बिद्यालय पनि निकै खुसी भएको छ । शिक्षासंगै ब्यबहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको बिद्यालयका शिक्षक तथा प्लस टु विज्ञान संयोजक अवय शाहले बताउनुभयो ।
पढाइपछि भबिष्यमा सबै बिद्यार्थिहरु केहि न केहि पेशामा लाग्ने भएको हुँदा र कुनै बिद्यार्थीहरु ब्यापारमा पनि लाग्ने भएको हुँदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानी कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रत्यक्ष रुपमा जानकारी मिलोस भनेर आज यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताउनुभयो । सैद्धान्तिक शिक्षासंगै ब्यबहारीक शिक्षाको आबश्यकता रहेको भन्दै आगामी दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
विद्यार्थीहरुले पनि यो कार्यबाट निकै अनुभव बटुलेका छन् । विद्यालयका शिक्षकहरु विबेक देबकोटा, भुगोल कवर मगर , अजय शाह , राजन अधिकारी लगायत बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसी लगायतको निगरानिमा कार्यक्रम सम्पन्न भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।