तेजवीर विसी
रोल्पा । राेल्पाकाे गंगादेब गाउँपालिका वडा नं. ७ काे हिम शिखर जनजागरण युवा क्लब को स्थापना दिवसकाे अबसरमा ब्लड क्यान्सरपीडित आर्थिक सहयोग गरेको छ । क्लबले आफ्नो १२ बर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको अवसरमा १७ वर्षीया ठाकुर केसीलाई उपचारको लागि ६९ हजार एक सय १० रुपैयाँ सहयोग हस्तान्तरण गरेकाे हो ।
काठमाडौं टिचिङ हस्पिटलमा उपचार भइरहेको गंगादेब गाउँपालिका वडा नं.७ बाहुनथाना निबासी ठाकुर केसीलाई क्लबकाे स्थापना दिबसकै अबसरमा क्लबका उपाध्यक्ष कमला केसी, कोषाध्यक्ष सरिता केसी र कार्यसमिति सदस्य झरना केसीको सक्रिय उपस्थितिमा ब्लड क्यान्सर पीडितका दाइ महेन्द्र केसीलाई सो रकम हस्तान्तरण गरिएको हाे ।
क्यान्सरपीडित केसीकाे आर्थिक अवस्था निकै नाजुक भएकाेले उपचारको लागि क्लबले एक महिना अगाडि देखिनै सहयोग संकलन अभियान संचालन गरेकाे थियोे । साथै साेही पीडितलाई भनेर युवा क्लबमार्फत सहयोग गर्नुहुने सम्पूर्णलाई क्लबले धन्यवाद समेत व्यक्त गरेकाे छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।