दाङ । थारू कल्याणकारिणी सभा जापान शाखाले घाेराही उपमहानगरपालिका वडा नं. १० जलाैरा निवासी दिल कुमारी चाैधरीकाे स्वास्थ्य उपचारका लागि आर्थिक सहयाेग गरेकाे छ । गत चैत १६ गते टेक्टर दुर्घटनामा परि घाईते भएका चाैधरीकाे स्वास्थ्य उपचारका लागि आर्थिक सहयाेग पठाएकाे हाे ।
आर्थिक अभावका कारण स्वास्थ्य उपचारकाे सकस खेप्दै अाईरहेका चाैधरीकाे स्वास्थ्य उपचारका लागि राेजगारीकाे शिलशिलामा जापानमा रहनु भएकी घाेराही उपमहानगरपालिका वडा नं. १२ निवासी शान्ति चाैधरी पहलमा आर्थिक सहयाेग सकलन गरि मंगलवार घाइते चाैधरीकाे परिवारलाई हस्तान्तरण गरिएकाे हाे ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र घाेराही उपमहानगरपालिका सचिव वसन्त चाैधरीले घाइते चाैधरीलाई १४ हजार आठसय १२ रूपैयाँ सहयाेग रकम हस्तान्तरण गर्नु भएकाे हाे । घाईते चाैधरीकाे स्वास्थ्य उपचारका लागि हालसम्म परिवारले २० लाख रूपैयाँ खर्च भईसकेकाे छ । आफ्नाे स्वास्थ्य उपचारका लागि आर्थिक सहयाेग गर्ने थारू कल्याणकारिणी सभा जापान शाखा घाईते चाैधरीले धन्यावाद ज्ञापान गर्नुभएकाे छ ।
थारू कल्याणकारिणी सभा जापान शाखाले घाइते चाैधरी सहित दाङका अन्य २ जना थारू समुदाय उपचारार्थ अवस्थामा रहेका बिरामीलाई समेत सहयाेग रकम पठाएकाे छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।