घोराही । बंगलाचुलीमा आठ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजना तथा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा तालिमको आयोजना गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर जिसिले उद्यमशीलता विकास तालिमले सम्भाव्य उद्यमी र उद्यमीको क्षमता अभिवृद्धि भई आर्थिक विकासमा टेवा पु¥याउने बताए । यस प्रकारको तालिमले आर्थिक पक्ष महत्वपूर्ण हुने भएकोले उद्यमशीता विकासमा जोड दिनु उनको विचार थियो ।
तालिममा सिकेका कुरा व्यवहारमा लागु गरी उद्यमशी क्षेत्रमा स्थापित हुन उहाँले प्रशिक्षार्थीलाई उपाध्यक्ष जिसिले शुभकामना समेत दिनुभयो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम आयोजना गरिएको बंगलाचुली गाउँपालिका वडा नम्बर-४ का अध्यक्ष डाँस बहादुर डाँगीले बताए साथै आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनुपर्नेमा उनको जोड थियो । वडा अध्यक्ष डाँगीले अहिल उद्यमशीलता तालिम भयो केहि दिनैमै सीपमुलुक तालिम हुने समेत बताए ।
तालिमका प्रशिक्षकको रूपमा उद्यम बिकास सहजकर्ता बिरेन्द्र चौधरी र अन्जना बस्नेत रहेका थिए भने तालिममा ३० जनाको सहभागिता रहेको थियोे ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख अतिथिमा भएकोमा समापन कार्यक्रममा बंगलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल , प्रशासन शाखा प्रमुख गोपाल केसी लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता बिरेन्द्र चौधरीले गरेका थिए ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।