घोराही । योङ कम्युनिष्ट लिग नेपाल घोराही उपमहानगर कमिटीको अध्यक्षमा बलजीत दमाई सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार घोराहीमा भएको भेलाबाट उपाध्यक्षहरुमा मीनेन्द्र गिरी, बसन्तनाथ, किशन गुरुङ (टाइगर) सचिव मनोज बुढा, सहसचिवहरु जर्मन चौधरी, निरज गिरी र कोषाध्यक्षमा वर्षा ठेडी मगर चयन हुनुभएको छ । नगर समिति ३५ सदस्यीय बनेको छ ।
वाइसिएलका घोराही उपमहानगर अध्यक्ष कुशल बुढाको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र दाङका संयोजक हरिमान पुन (बरुण) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं घोराही इञ्चार्ज तुलसीराम डाँगी (मिलन), वाइसिएल दाङका सचिव अनिल शेर्पाइली, प्रदेश सदस्य इराक घर्ती, पार्टीका घोराही अध्यक्ष खिमबहादुर चौधरी (अटल), नगर सचिव वसन्त चौधरी, नगरका कार्यालय सदस्यहरु रेमन्ता पुन, जेबी ठकुरी, रेखा राना, दलित मुक्ति मोर्चाका जिल्ला सचिव अर्जुन परियारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वाइसिएलका सचिव बलजीत दमाईले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।