• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुङ्ग्री गाउँपालिका -४ ठूलो नम्जामा नेपाल टेलिकमको टावर उद्घाटन




खुमबहादुर सुनार
लिवाङ । लुङ्ग्री गाउँपालिका वडा नम्बर ४ ठुलो नम्जामा रहेको नेपाल टेलिकमको टावर उद्घाटन गरिएको छ । सेवालाई थप विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको टेलिकमको टावरलाई बिहीबार गाउँपालिका अध्यक्ष भरत कुमार थापाले उद्घाटन गरेका हुन् ।

यो टावरले लुङ्ग्री गाउँपालिका वडा ४ मा रहेका विभिन्न ठाउँमा र वडा नम्बर ५ का सबै ठाउँमा , सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ तेबाङ , लुङ्गी गाउँपालिका वडा ६ लगायत ठाउँमा टावरले कभरेज गर्न सक्ने नेपाल टेलिकम रोल्पाले जानकारी दिएको छ ।

कार्यक्रको प्रमुख अतिथि तुलसीपुरका कार्यालय प्रमुख शन्तोश शर्माले हालसम्म सञ्चारको भरपर्दो सुविधा नरहेको लुङ्ग्री गाउँपालिकामा मौसममा खराबी आउँदा र साँझ पर्दासमेत टेलिफोन सेवा बन्द हुने अवस्था रहेको भन्दै सोही समस्यालाई मध्यनजर गरेर टावर निर्माण गरिएको बताए ।

विगतमा नेपाल टेलिकमको टावर नहुँदा लुङ्ग्री गाउँपालिका विभिन्न वडाहरूमा सूचना लिन केही समस्या देखिएको भएपनि अबदेखि पालिकाका सबै वडा र बस्तीमा सञ्चारसेवा सहज हुने लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले बताए । उनले आफूले गाउँपालिकाको जिम्मेवारी निर्वाह गरेदेखि नै यस पालिकामा मुख्य गरेर फोनको टावर, खानेपानी र बिजुलीको समस्यालाई समाधान गर्न निरन्तर लागिरहेको बताउँदै अझैपनि खानेपानी र बिजुलीको केही वडामा नपुगेको हुँदा अब त्यो समस्यलाई हल गर्न छिटै खानेपानी र बिजुलीका काम अगाडि बढ्ने जानकारी दिए ।

लुङग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी गुरुङ, लुङग्री गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष विरवल खड्का, खुविराम सेडाई , लगायत विभिन्न ठाउँमा कार्यरत कर्मचारी , कार्यापालिकाका सदस्यहरु , ठुलो नम्जामा रहेका विभिन्न आमा समुहका प्रतिनिधिहरु , विभिन्न राजनीतिकदलका प्रतिनिधिहरु , समाजसेवी, पत्रकार कलाकारहरुको सहभागी रहेको थियो ।

लुङग्री गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष विरवल खड्काको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर परियाले गरेका थिए ।

Facebook Comments