घोराही । लुम्बिनी प्रदेशमै अत्याधुनिम भिडियो एक्सरे (युएसजि)मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरीएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।
बिहीबार एक कार्यक्रमका विच प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल मेसिन हस्तान्तरण गर्नु भएको छ । मन्त्रि पुनले नै मेसिनको रिवन काटेर उद्घाटन गर्नु भएको थियो । मन्त्री पुनले अस्पतालको ओपिडी, इमरजेन्सी, सर्जरी लगायत विभिन्न विभागहरुको समेत स्थलगत अवलोकन गर्नु भएको थियो । अवलोकनपछि प्रतिष्ठानमा आयोजित कार्यक्रममा वोल्दै मन्त्रि पुनले प्रदेश सरकारकोतर्फवाट सुविधा सम्पन्न भिडियो एक्सरे प्रतिष्ठानलाई प्रदान गरेको भन्दै अस्पतालको सेवालाई चुस्तदुरुस्त र विरामिमैत्री बनाउन आग्रह गर्नुभयो ।
प्रतिष्ठान प्रदेशकै गौरवको आयोजना भएको भन्दै उहाँले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा दाङलाई हव बनाउन सबैले सहयोग गर्नुपर्ने उहाले बताउनुभयो । यो प्रदेशमा सरकारी मेडिकल कलेजकारुपमा प्रतिष्ठान रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सबैखाले सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले प्रतिष्ठानले एमडि पढाई सुुरु गरीसकेको र एमविविएसको पढाई पनि सुरु गर्ने गरी आफ्नोतर्फवाट तयारी तिव्र पारेकाले यसमा पनि प्रदेश सरकारले ल्याव बनाउनेदेखी पुर्वाधारमा केन्द्र सरकारसंग पनि समन्वय गर्ने कुरामा आस्वस्त पार्नुभयो ।
त्यस्तै मन्त्री पुनले एमविविएसको आवश्यक तयारीको लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवनलाई प्रयोगमा ल्याउन मन्त्रिस्तरीय निर्णय पनि गरीएको जानकारी दिनुभयो । जनस्वास्थ्य र प्रतिष्ठानको आपसी समझदारीमा भवनको प्रयोग गर्ने गरी ब्यवस्था मिलाईएको उल्लेख गर्दै उहाँले अनेत्र स्थानमा जनस्वास्थ्यको भवन बनाउन आवश्यक बजेट विनीयोजन गरीने र भवन निर्माण भएपछि आफ्नो कार्यालयमा जनस्वास्थ्य सरेपछि प्रतिष्ठानले सबै भवन प्रयोग गर्ने बताउनुभयो ।
फीलिप्स कम्पनिको नयाँ भिडियो एक्सरे मेसिनबाट फोरडि इमेज, कलेजो स्पष्टसहीत देखीने र वच्चाहरुको विभिन्न अंगहरु पनि सजिलै देख्न सकिने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयो ।
प्रतिष्ठानमा नयाँ भिडियो एक्सरे थपिएसंगै यसको संख्या २ पुगेको छ । भिडियो एक्सरे गर्ने रेडियोलोजिष्ट चिकित्सकहरुको संख्या ३ पुगेको छ । सो अवसरमा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानको विस्तारित सेवाको वारेमा जानकारी गराउनु भएको थियो । प्रतिष्ठानमा सिटि स्क्यान, आइसियु, एमआरआई, एनआइसियु, पिआइसियु जस्ता महत्वपुर्ण सेवाहरुसंगै चिकित्सकहरु पनि थपिदै गएकाले अव सामान्य उपचारका लागि जिल्ला वाहीर यस क्षेत्रका जनताहरु जानुनपर्ने बताउनुभयो ।
प्रतिष्ठाका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानको सेवालाई मजवुत बनाउदै शैक्षिक कार्यक्रमलाई पनि अघि बढाइ रहेको बताउनुभयो । उहाँले विएनएस र विएसस्सी नर्सिङ, डाक्टरको स्नाकोत्तर तह(एमडि)को पढाई सुरु गरेर शैक्षिक कार्यक्रमको सुरुवात गर्रीएको चर्चा गर्दै आवश्यक बजेट प्रतिष्ठानले पाएमा एमविविएसको पढाई सुरु गर्ने बताउनुभयो । उहाँले होलेरीमा प्रतिष्ठान र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय र ब्यवस्थापनमा विशिष्टीकृत सेवा छिट्टै दिने गरी तयारी गरीएको बताउनु भयो । मेडिकल अफीसर राखेर होलेरीमा विशिष्टकृत सेवा दिने गरी योजना अघि सारिएको उहाँको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानले आफ्नो सेवासँगै शैक्षिक तथा अनुसन्धानमुलक कामहरु पनि अघि बढाएको बताउनुभयो । एमविविएसको कक्षा संचालनको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको साथ अपरीहार्य रहेको कुरामा जोड दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।