श्रवण कुमार यादव
देउखुरी। देउखुरीको राजपुर गाउँपालिकामा वडास्तरीय शिक्षा योजना निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
२ दिनसम्म संचालित समावेशी, अनिवार्य तथा गुणस्तरीय शिक्षा प्रवर्धनका लागि सरोकारवालाहरुसंगको छलफलबाट राजपुर गाउँपालिकाको वडा नम्बर १, २ र ३ को वडा स्तरीय शिक्षा योजना निर्माणको कार्य अघि बढाएको छ ।
राजपुर गाउँपालिकाकाे समन्वय तथा एच. डब्लु. ई. पि.सी. काे आयोजना र स्ट्रोम फाउण्डेशनको सहयोग ३ वटा वडाको शिक्षा योजना निर्माण गर्ने उद्देश्यले सरोकारवालाको सहभागीतामा कार्यशाला संचालन गरिएको कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कार्यशालामा समग्र शैक्षिक अवस्थाको विश्लेषण, बाल विकास, आधारभूत तथा माध्यमिक शिक्षाको अवस्था, राम्रो पक्ष, सुधार गर्नुपर्ने विषयमा छलफल भएको थियो । पालिकाले निर्माण गरेको शिक्षा योजना र आवधिक योजनामा आधारित भएर वडा तहमा शिक्षाको सोच, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति तथा मुख्य कृयाकलापहरुका बारेमा वडागत छलफल गरिएको थियो।
सहभागीहरुले समूहगत रुपमा छलफल गर्दै वडा स्तरीय शिक्षा योजना निर्माणको प्रकृया शुरु गरेका थिए । विद्यालयहरुले गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने कार्यहरुको सूची तयार गर्दै शिक्षा योजना निर्माणको कार्यलाई अन्तिम रुप दिन वडा स्तरमा कार्यदल समेत गठन गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।
कार्यशालामा सहभागी शिक्षक, प्रद्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्षहरुले शिक्षा योजना निर्माण गरेर सामुदायिक विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धि हुनेमा विश्वस्त भएका थिए । सरोकारवालाले आ–आफनो क्षेत्रबाट योजना कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
२ दिनसम्म संचालित कार्यशालालाई अरुण रेग्मीले सहजीकरण गर्नुभएको थियो भने राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले शिक्षा योजना निर्माणको काम सही समयमा भयाे भने विद्यालयको शैक्षिक गुणस्तरमा उपलब्धी हासिल हुन सक्ने बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।