घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको तयारी तिव्र चलिरहेको वेला प्राध्यापकहरु थपिनेक्रम सुरु भएको छ । प्रतिष्ठानमा एमडिजिपिका प्रोफेसर डा. दिनेश लम्साल आउनु भएको छ ।
लम्साललाई प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले संयुक्तरुपमा प्रतिष्ठानको कार्यालयमा स्वागत गर्नु भएको हो । उपकुलपति डा. लामिछाने र रजिष्ट्रार लम्सालले एमविविएसको पढाई सुरु गर्ने गरी प्रतिष्ठान लागिपरेको भन्दै प्राध्यापक, चिकित्सक धमाधम थपिनेक्रम सुरु भएको बताउनु भयो ।
लम्साल न्याम्स विर हस्पिटलवाट यहाँ आउनु भएको हो । एमडिजिपिमा स्नाकोत्तर पढाउन(एमडि) प्रतिष्ठानले २ सिट चिकित्सा शिक्षा आयोगवाट प्राप्त गरेको छ । लम्सालसंगै प्रतिष्ठानमा प्रोफेसरको सख्या २ पुगेको छ । एमडिजिपिमा एमडि पढ्नका निमित्त २ जना बिद्यार्थी भर्ना भइसकेका छन ।एमडिजिपिमा प्रोफेसर नारायणसिंह गुरुङ प्रतिष्ठानमा आई कार्यरत रहदै आउनु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।