श्रवण कुमार यादव
देउखुरी। दाङको राजपुर गाउँपालिका-२, स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा आईतबार विद्यार्थीहरुका लागि लागूपदार्थ दुर्व्यसन नियन्यत्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा किशोरीहरुका लागि आत्मरक्षा कार्यक्रम सम्पन्न भएको छ।
राजपुर गाउँपालिकाकाे आयोजनामा भएको कार्यक्रममा सहभागिले यूवाहरुमा लागू औषधको कुलत बढेकाले त्यसको रोकथाम तथा सचेतनाका लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्दै यूवाहरुलाई सहि बाटोमा हिड्न सबै मिलेर प्रेरित गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष ओम प्रकाश यादवकोे अध्यक्षता राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथ्यता एवम् राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवकाे विशिष्ट अतिथ्यतामा भएको थियो।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राम प्रसाद यादव, गढवा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन वली, राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख सुनिता चौधरी, जन ज्योति मा. वि . बेलाका शिक्षक बुद्धि प्रकाश के .सी., प्रशिक्षक बालिका चौधरी लगाएतको उपस्तिथि रहेको थियो।
कार्यक्रमको सहजीकरण भने राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाका सहायक दुर्गा यादवले गरेका थिए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।