• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुलमा कप्तान छनोट निर्वाचनको लागि तीन जनाको उम्मेद्वारी




घोराही । गुरुकुल एकेडेमी घोराहीमा विद्यालय कप्तान छनोटको लागि निर्वाचन हुने भएको छ । गुरुकुल एकेडेमीले हरेक बर्ष निर्वाचन मार्फत विद्यालयको लागि कप्तान छनोट गर्दै आएको छ । सोहि अनुसार २०८१ सालको कप्तानको लागि यहि बैशाख ३० गते आइतवार निर्वाचन हुन लागेको हो ।

निर्वाचनको लागि विद्यालयका ३ जना विद्यार्थीहरुले उम्मेद्वारी समेत दर्ता गरीसकेको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख तथा निर्वाचन अधिकृत भुगोल कँवर मगरले जानकारी दिनुभयो ।

विद्यार्थीहरु कुन्दन केसि , रुपम पौडेल र प्रज्ञा अधिकारीले विद्यालय कप्तान र गौरी पोख्रेल , प्रक्षित खड्का , यासु बुढाथोकि र स्वस्तिका ढकालले उप कप्तानको लागि उम्मेद्वारी दर्ता गनुभएको छ ।

यसैगरी सदन कप्तानको लागि टोप्याज सदनमा अनुभव पान्डे , परी महरा इमरल्ड सदनको लागि प्रिगेन्द्र बस्नेत , सागर रोका र मोहित बस्नेत सफाएर सदनका लागि सहज बिएम र क्रितज्ञा अधिकारी यसैगरी रुवि सदनका लागि आकर्षण मल्लले उम्मेद्वारी दता गराउनुभएको छ ।

उनीहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरीएको अधिकृत मगरले जानकारी दिनुभयो । उम्मेद्वारहरुको प्रचार प्रसारको काम शुक्रवार दिउसो १२ बजेसम्म हुने छ भने त्यसपछि मौनअवधि सुरु हुने अधिकृतले जानकारी दिनुभयो । मतदान बैशाख ३० गत दिउसो १२ बजे देखि सुरु हुने छ ।

उहाँका अनुसार उम्मेद्वारहरुले आ–आफ्नो घोषणा पत्र समेत सार्वजनिक गरी चुनाव प्रचार प्रसारमा जुटिसकेका छन् । घोषणा पत्रमा सम्पुर्ण विद्यार्थिहरुलाई लाई समेटेर काम गर्ने , विद्यार्थिहरुका बिभिन्न खालका मुद्धा सम्बन्धित निकायमा पु¥याउने र समस्या समाधानको लागि पहल गर्नेकुराहरु समेटिएका गुरुकुल एकेडेमीका आइएसए संयोजक तथा मतदान अधिकृत इन्द्र प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

साथै उहाँले कप्तानको लागि यति ठुलो झन्जट किन गर्न लाग्नुभएको भन्ने पत्रकारको प्रश्नमा यो एउटा निर्वाचन मात्र नभएर विद्यालयमा अध्ययणरत विद्यार्थीहरुलाई प्रतक्ष्य निर्वाचन प्रणाली कसरी हुन्छ र के गर्नु पर्छ भन्ने कुराको जानकारी गराउन पनि निर्वाचन गर्न लागिएको बताउनुभयो । विद्यालयले समग्र नेपालको सामाजित र राजतिक बिषयमा जानकारी गराउन हरेक बर्ष निर्वाचन तथा नमुना सांसद कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

Facebook Comments