घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिबार घोराहीमा सरसफाइ तथा विरुवा सिचाइ गरेको छ । संघका अध्यक्ष वसन्त जोशीको नेतृत्वमा घोराही- १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सरसफाइ समिति संयोजक एवं घोराही -१४ का अध्यक्ष भानसिंह बुढामगर, डिएसपी जनक मल्ल, संघका कार्यसमिति लगाएतको उपस्थितिमा सरसफाइ गरिएको थियो ।
सरसफाइ अभियानको उद्घाटन गर्दै अध्यक्ष जोशीले घोराही सहरलाई सफा र स्वच्छ सहरको रुपमा विकास गर्नुपर्ने बताए। घोराही नगर स्वच्छ र सफा राख्नका लागि हामीहरु सबै लाग्नुपर्ने समते बताए ।
घोराहीको मुख्य चोक तुलसीपुर चोकदेखि दामोदर चोक र तुलसीपुर चोकदेखि ट्राफिक चोकसम्म सरसफाइ तथा विरुवामा सिचाइ गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।
संघका विभिन्न उपसमितिले एक – एक सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्नुपर्ने हुँदा आज सरसफाइ समितिले सरसफाइ तथा सिचाइ कार्यक्रम गरिएको सचिव विकास वलीले जानकारी दिए ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, खरेल वाटर सप्लार्य, भण्डारी वाटर सप्लायर्सको एक एक ट्याँकर सहयोग गरेका थियोे ।
कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।