• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्योग वाणिज्य संघ बजार स्थापनामा लाग्नुपर्छ : अध्यक्ष शर्मा




दाङ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग वाणिज्य संघले बजार स्थापनामा जोड दिन आवश्यक रहेको बताएका छन् । नारायणपुर उद्योग वाणिज्य संघको २० ओैँ साधारणसभामा बोल्दै अध्यक्ष शर्माले व्यवसाय चलायमान बनाउनका लागि संघले बजार स्थापना तथा व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।

‘संघले व्यापार, व्यवसाय प्रवर्द्धनका लागि बजार व्यवस्थापनमा लाग्नुपर्छ । बजारलाई चलायमान बनाउनका लागि स्थानीय उपभोक्ताका मागलाई पूरा व्यवसाय सञ्चालन गर्नुपर्छ । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने पर्यटन व्यवसाय सञ्चालन गर्न आवश्यक छ । शिक्षा, स्वास्थ्य, संस्कृति लगायतका क्षेत्रलाई सम्बोधन गर्ने योजना संघले बनाउनुपर्छ ।झ अध्यक्ष शर्माले थपे, ञस्थानीय उत्पादनलाई बजार व्यवस्थापन गरी स्थानीय उत्पादन बृद्धिलाई जोड दिन सक्नुपर्छ । स्थानीय विशेषतालाई प्रचारप्रसार गरी बजार चलायमान बनाउन संघले भूमिका खेल्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले उद्योग वाणिज्य संघले सम्पति सिर्जनामा ध्यान दिन जरूरी रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी सुवेदीले उत्पादन केन्द्रित व्यवसायमा संघले बहस चलाउन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारीले सुवेदीले पछिल्लो समयमा बढ्दै गएको आर्थिक तरलतालाई सम्बोधन गर्न सक्ने व्यवसाय सञ्चालनका लागि बहसको थालनी गर्न सकेमा विदेशिने पुस्तालाई रोक्न सकिने बताएका हुन् ।

‘संघ सम्पत्ति आर्जनको पाटोमा सक्षम रहेको छ । सम्पति आर्जनमा सक्षम रहे पनि सम्पत्ति सिर्जनामा प्रभावकारी रूपमा लागेको छैन । अबका दिनमा संघले आर्थिक सिर्जनामा सक्रिय हुन सक्नुपर्छ ।झ प्रजिअ सुवेदीले थपे, ञसम्पत्ति सिर्जना, उत्पादन केन्द्रित व्यवसाय, नयाँ पुस्ताका लागि बिजनेस इथिक लगायतका विषयमा संघले बहस चलाउन आवश्यक छ । हामीसँग सम्पति छ तर त्यसलाई उत्पादनमूलक कार्यमा लगाउन सकेका छैनौँ । पैसाका लागि बिनायोजना पैसा खर्च गरेका छौँ तर उत्पादनमूलन योजना प्रस्तुत गर्न सकेका छैनौँ । यसका लागि संघले मार्ग प्रशस्त गर्दे नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्वल कसजु , स्मारिका २०८१ का लेखकका तर्फबाट डा। सुदीप गौतम, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी , सिद्ध रत्ननाथ माविका प्रधानाध्यापक उत्तम खनाल, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कुलप्रसाद रजौरे, राजनीतिक दफका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोराही उपमहानगरपमलिका वडा नम्बर १० का सभापति कृष्ण न्यौपाने, संस्थापक अध्यक्ष बलदेव शर्मा, सम्पूर्ण व्यवसायीका तर्फबाट अनिल बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्मारिका – २०८१ विमोचन

संघले २० ओैँ साधारणसभाको अवसरमा प्रकाशन गरेको स्मारिका २०८१ को विमोचन गरिएको छ । स्मारिकाको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले गरेका थिए । संघले पहिलो स्मारिका प्रकाशन गरेको हो । स्मारिकामा संघका गतिविधि तथा नारायणपुर क्षेत्रका विभिन्न आयामलाई समेटेर तयार पारिएको छ ।

उत्कृष्ट विद्यार्थी सम्मान

एसइईमा २०७९उत्कृष्ट जिपिए प्राप्त गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ हापुर मावि निघुवारका छात्र सुनिल चौधरी र जनजागृति मावि लमडरूवाका छात्रा रोशनी घर्तीलाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थागत विद्यालयतर्फ पशुपति विद्याश्रमका छात्र प्रयत्न लम्साल र छात्रा प्रशंसा शर्मा, स्वर्गद्वारी इङलिस बोर्डिङ स्कुलका छात्र आशिष चौधरी र लिटिलभ्याली बालबाटिकाका आदर्श रावतलाई सम्मान गरिएको थियो ।

सामाजिक व्यक्तिलाई सम्मान

संघले २०ओैँ साधारणसभाको अवसरमा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सामाजसेवी प्रेमबहादुर डाँगी, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कुलप्रसाद रजौरे, व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेवापत अशोक योगीलाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा मानार्थ सदस्य माधव पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संघका महासचिव बसन्त न्यौपानेले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष रेखा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका वाणिज्य उपाध्यक्ष तिलक महराको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण महासचिव बसन्त न्यौपानेले गरेका थिए ।

Facebook Comments