घोराही । अखिल नेपाल ट्रेड युनियन महासंघ दाङको अध्यक्षमा टिकाराम वली चयन हुनुभएको छ । बुधबार परेको १३५ औ अन्तराष्ट्रिय मई दिवसको शुभकामना तथा दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा टिकाराम वलीलाई चयन गरिएको हो ।
संघका जिल्ला अध्यक्ष यादब प्रसाद शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रि दिपेन्द्र पुन (सिजल) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनले वलिको नेतृत्वमा १९ जनको कार्यसमिति गठन गरेको हो । जसमा उपाध्यक्षहरु गुरे प्रसाद भण्डारी, जित बहादुर घर्ती र देवा चौधरी रहनुभएको छ ।
यस्तै सचिवान श्रीधर जैसी, सहसचिवमा पदम पाण्डेय, कोषाध्यक्षमा जिवन लम्साल रहनुभएको छ । अन्य सदस्यमा प्रेम बहादुर बिक, कुल बहादुर खड्का, निर्मल न्यौपाने, गीरीराज घिमिरे, बिरेन्द्र चौधरी, लोकमणी शर्मा, दिनेश डाँगी,मान बहादुर खड्का, बल बहादुर पुन, गंगाराम नकाल र मन कुमारी घर्ती मगर रहनुभएको छ भने एक जना सदस्य पछि गरिने भएको छ ।
कार्यक्रका प्रमुख अतिथी मन्त्री सिजलले वितमा ट्रेड युनियन आ्रन्दोलनले राजनितीक प्रणाली परिवर्तनका लागी महत्वपुर्ण भुमिका निर्वाह गरेका भन्दै अझै संगठीत भएर लाग्न आग्रह गर्नुभयो । उहाँले ठुलो आन्दोलनबाट प्राप्त गरेको जुन अधिकार हो त्यो अधिकारलाई सही ढंगले स्थापित गरेर वैज्ञानिक समाजवादमा र साम्यवादामा जाने एउटा महान र लक्ष्यलाई नचुमिकन मजदूरहरुका समस्या समाधान नहुने बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।