विहिवार साझ गएकाे सुख्खा पहिराे काे कारण रसुवा गढि जलविद्युत आयाेजनामा थुनिएका १७ कामदार काे सकुसल उद्दार गरिएकाे छ। प्नमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गाेसाईकुन्ड गाउँ पालिका वडा नम्बर २ टिमुरेमा निर्माणाधिन १११ मेगावाट काे आयाेजना स्थलमा विहिवार साझ ८:३० वजेकाे समयमा अकस्मात सुख्खा पहिराे जादा ११ नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका थिए।
खाेज तथा उदारका लागि नेपाली सेना सशस्त्र प्रहरी, जनपद प्रहरी गरि ३८ जनाकाे टाेलिले उद्दार गरेका थिए । पहिराेले कुनै मानविय क्षती भएन पहिराेले बाटाे अवराेध गरेपछि कामदार रातभर सुरूङ भित्र नै रहेकाे र शुक्रबार बिहानै तीन वटै सुरक्षा निकाय वाट उद्दार भएकाे हाे । उनिहरू सुरूङ मार्ग काे १०० मिटर भित्र थुनिएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।