तुलसीपुर । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले आफैले पढेको विद्यालयमा पुगेर सम्मान ग्रहण गरेका छन् ।
बबई गाउँपालिका वडा नं.५ पदमपुर स्थित जनकल्यान माविले सोही विद्यालयमा अध्ययन गरेर अहिले सोही क्षेत्रको सांसद हँुँदै मन्त्रीसम्म भएको भन्दै त्यो विद्यालयको गर्वको विषय भएको भन्दै सम्मान गरेको हो । बुधबार भएको बार्षिक अभिभावक भेलामा मास्कीलाई सम्मान गरिएको हो । मास्कीले सोही विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका थिए ।
मन्त्री मास्कीले सोही विद्यालयमा अध्ययनरत जनशक्ति राजनीति मात्रै नभई निजामति, शिक्षक, बैंक, सुरक्षा क्षेत्रलगायत बिभिन्न क्षेत्रमा जान सफल भएको बताए । सोही विद्यालयमा मास्कीले अर्थमन्त्री हुँदा अधुरो भवन निर्माणकालागि ३० लाख बजेट बिनियोजन गरेका थिए ।
बबई गाउँपालिकाबाट पहिलो पटक प्रदेश सांसद पाएको छ । पश्चिम दाङ विकट क्षेत्र हो । जुन क्षेत्र दाङको कर्णाली भनेर पनि चिनाउने गरिन्छ । तर, सोही क्षेत्रबाट मास्कीले विजयी हाँसिल गरि मन्त्री भएपछि न्याय पाएको शिक्षक अभिभावक संघका अध्यक्ष तारा भण्डारीले बताए ।
त्यस अवसरमा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्का, वडा नं. ५ का अध्यक्ष हर्कबहादुर श्रीस, वडा नं. ४ का अध्यक्ष टेकबहादुर वली, वडा नं. ५ का निवर्तमान अध्यक्ष डम्बर श्रीसलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।