दाङ । सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो । माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा नेपाली कांग्रेसका चौधरी ११ महिनाअघि मुख्यमन्त्री बनेका थिए ।
केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन भत्किएसँगै प्रदेश सरकारहरू पनि फेरबदल भइरहेका हुन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।