• २६ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा अत्याधुनिक प्रबिधिबाट युरोलोजी उपचार शुरू




दाङ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रबिधिकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती  डा. बिकास लामीछाने र रजिस्ट्रार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गर्नु भएको हो । यो मेसिन देशका सिमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमान्डौ धाउनु पर्ने अवस्थाको अन्त्य हुने रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनुभयो ।

युरोलोजि सेवालाई ब्यबस्थित, सुरक्षित, प्रभाबकारी बनाउन यो मेसिन प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा प्रतिष्ठानमा थप गरिएको युरोलोजीष्ट डा. प्रबोध रेग्मीले बताउनुभयो । यो मेसिन जडान भइ सन्चालनमा आईसकेको छ । मेसिनको सहायतामा किड्नि , नलि र पिसाब थैलिको पत्थरि फुटाल्न, प्रोष्टेडको ग्रन्थि र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने छ । युरोलोजीष्ट डा. रेग्मिले सन २०१९ देखि यो मेसिन बिश्वमा प्रयोग भएको जानकारी दिदै छिटाे छरितो ढंगबाट मिर्गौलामा भएका हरेक किसिमका ढुङ्गा फुटाउन सकिने बताउनुभयो । उहाँले अरु भन्दा धेरै राम्रो शक्तिशाली मेसिन प्रतिष्ठानमा आएको भन्दै अन्य मेसिन भन्दा यो धेरै प्रभाबकारी रहेको पनि जानकारी दिनुभयो । उहाँले मेसिन जोडिएसंगै युरोलोजि सेवा लिन अब अनेत्र जानु नपर्ने भन्दै सबै सुबिधा प्रतिष्ठानमा रहेको पनि बताउनुभयो ।

मुलुकका ५ वटा अस्पतालमा मात्रै थुलियम् मेसिन जडान गरिएको भन्दै डा. रेग्मीले बिर हस्पिटल काठमाडौं र बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अहिलेसम्म नरहेको सेवा दाङबाट दिन थालीएको पनि बताउनुभयो । साथै उहाँले यो मेसिनबाट बिरामीको अप्रेसन सुरक्षित, भरपर्दो र बिश्वासिलो रहेको पनि उल्लेख गर्नुभयो । डा. रेग्मीका अनुसार प्रतिष्ठानमा युरोलोजी सेवा अन्तरगत हालसम्म ३ सय साना तथा ठुलो अप्रेसन गरिएको र सबै अप्रेसनहरु सफल भएका छन् । जसअनुसार गएको भदौदेखि हालसम्म  डेढ सय मृगौलामा भएको पत्थरिको अप्रेसन गरिएको छ भने प्रोष्टेडसहित अन्य युरोलोजि सेवा डेढ सय जना बिरामीलाई दिइएको छ ।

प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गर्दै आफु दङ्गालीबासी भएकाले पनि मन्त्रालयको सहयोगमा सेवा थप गरिएको बताउनुभयो । दाङकै मन्त्री र स्वास्थ्य सचिब भएको बेला प्रतिष्ठानलाई अरु सहयोगलाई पनि निरन्तरता दिइने बताउनुभयो ।

त्यस्तै प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले प्रदेश स्वास्थ्य मन्त्रालयबाट मेसिन सहयोग गरेर सेवा बिस्तार गर्न पाँउदा खुसी लागेको बताउदै आफु प्रतिष्ठानको सेवाग्राही पनि भएकाले सबै प्रकारका सेवा थपमा सहयोग  हुने बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछानेले प्रतिष्ठानलाई मेसिन सहयोग गरेकोमा स्वास्थ्य मन्त्री राजु खनाल, प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिसहित प्रदेश सरकारलाई धन्यवाद दिदै आउदा दिनमा पनि सहयोग जारी राख्न आग्रह गर्नुभयो ।  उहाँले एमबिबिएसको कक्षा सन्चालनको तयारिको लागि प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय दाङको कार्यालय भबन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा प्रदेश स्वास्थ्य मन्त्री, सचिबलाई पनि धन्यवाद दिनुभयो ।

प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक  लम्सालले प्रदेश स्वास्थ्य मन्त्रालयको २ करोडको अनुदान सहयोगमा मेसिन प्राप्त गरिएको र सेवा बिस्तारलाई थप सहयोग मिलेको बताउनु भयो । त्यस्तै प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले नयाँ मेसिन प्रतिष्ठानले प्राप्त गरेकोमा खुसी लागेको बताउनुभयो ।

Facebook Comments