• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आगलागी पीडित परिवारलाई राहत सामग्री




राेल्पा । रून्टीगढी  गाउँपालिकाकाे वडा नं. ३ सालवाङकाे सिरिन्धारामा एक घरमा आगाेलागी भएकाे छ । मंगलबार बिहान करिब ७ बजे भान्सा गर्ने क्रममा आगाे सल्किएर स्थानीय गन्ज बहादुर घर्तीकाे घर पूर्ण रूपमा जलेर नष्ट भएकाे हो ।

ताल नभएकाे फुसकाे छानाे भएकाे घरमा आगाेलागी हुँदा लत्ता कपडा अन्नपात सम्पुर्ण चिज जलेर नष्ट भएकाे छ । घर जल्दा खेरी घर नजिकै रहेकाे माैरीकाे ७ /८ वटा घार समेत जलेर नष्ट भएका छन । त्यस्तै घरभित्र राखिएकाे बेच्न तयार पारिएकाे ३०/३५ केजी महसमेत जलेर नष्ट भएकाे छ।

तर पशु चाैपाए तथा मानविय क्षति भने नभएकाे परिवार स्राेत जनाएकाे छ । आगाे  लागीबाट पीडित घर परिबारलाई सहयाेग स्वरूप खाद्य तथा गैर खाद्य सामाग्री हस्तान्त्रण गरिएकाे छ ।  रुन्टीगढी गाउँपालिका, गाेल परियाेजना र नेपाल रेडक्रस साेसाइटी उपशाखा हाेलेरीकाे संयुक्त रुपमा राहत सामग्री संकलन गरी पीडित परिवारलाई हस्तान्त्रणा  गरिएकाे हाे ।

रून्टीगढी गाउँपालिका बाट खाद्यान्नकाे सामाग्री गाेल परियाेजना र नेपाल रेडक्रस साेसाइटी उप शाखा हाेलेरी र उप शाखा सुर्पालद्वारा गैरखाद्य  सामग्री उपलब्ध गराइएकाे हाे । वडा नं. ३ का अध्यक्ष गणेश गिरीकाे सहजीकरणमा राहत वितरण कार्यक्रम भएकाे  हाे । त्यस्तै समाजसेवी नगेन्द्र पुनद्वारा खाद्यान्नकाे सामग्री दिइएकाे हाे ।

राहत वितरणमा रून्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसी , गाेल परियाेजना कृषि प्राविधिक खिममान खड्का, नेपाल रेडक्रस साेसाइटी उपशाखा हाेलेरीका सचिव रेशम बुढाथाेकी, सुर्पाल उपशाखा सभापति चित्र डाँगी र भक्त बहादुर केसी र समाजसेवी नगेन्द्र पुनकाे सहभागिता रहेकाे थियाे ।

Facebook Comments