• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण




राेल्पा । रून्टीगढी  गाउँपालिका -९ चिन्नेपानीका आगलागी पीडित परिबारलाई  राहत सामग्री हस्तान्त्रण गरिएकाे छ । रुन्टीगढी गाउँपालिका, गोल परियोजना र रेडक्रस सोसाइटी उपशाखा होलेरीले संयुक्त रुपमा आइतबार आगलागी पीडित खिमाकुमारी भण्डारीको परिवालाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

चैत १७ गते स्थानीय  खिम कुमारी भण्डारीकाे घरमा आगलागी  हुँदा  घरमा भएकाे धनमाल  तथा घर पूर्ण रुपमा जलेर नष्ट भएकाे हाे । तर मानवीय क्षति भने नभएकाे परिवार स्राेत जनाएकाे छ । प

बच्चाबच्ची खेल्ने क्रममा आगाे लागि भएकाे पनि परिवारले बताएकाे छ । घरमा आगलागी भएपछि अहिले परिवारहरु आफन्तकाे  घरमा बस्दै आएका छन् । आगलागी  शनिबार विदाकाे दिन  परेकाे हुँदा राहत स्वरुप सहयाेग केहि  ढिलाे भइ आइतबार बिहान पुर्याएकाे थियाे ।  रुन्टीगढी गाउँपालिका, गाेल परियाेजना र नेपाल रेडक्रस साेसाइटी उप शाखा हाेलेरीकाे संयूक्त प्रयासमा राहत सामग्री जुट्ययार पीडित परिवारलाइ हस्तान्त्रणा  गरिएकाे हाे ।

रून्टीगढी गाउँपालिकाबाट खाद्यान्नकाे सामग्री गाेल परियाेजना र नेपाल रेडक्रस साेसाइटी उप शाखा हाेलेरीद्वारा अखाद्य भाडाकुडी लत्ता कपडा लगाएतका सामग्री उपल्बध गराएकाे हाे । वडा नं. ९ का अध्यक्ष चेतलाल खत्रीकाे सहजीकरणमा राहत वितरण भएका हाे ।

राहत वितरणमा रून्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसी, गाेल परियाेजना रून्टीगढी गाउँपालिका कार्यक्रम संयाेजक बसुदेव पाेख्रेल ,नेपाल रेडक्रस साेसाइटी उप शाखा हाेलेरीका सभापति लक्षिराम थापाकाे  सहभागिता रहेकाे थियाे ।

Facebook Comments