घोराही । घोराहीस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलमा अध्ययनरत कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीहरुले सेवा घर नारायणपुरमा खाद्य सामग्री सहयोग गरेका छन् । उनीहरुले आफ्नो खाजा खर्च कटाएरु सेवा घरमा रहेका नागरिहरुका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
हुनेबाट सहयोग, नहुनेलाई उपयोग भन्ने नारासहित मानव कल्याण समाजद्वारा सञ्चालित सेवा घर नारायणपुरमा रहेका नागरिकहरुलाई खानका लागि समस्या नहोस् भनेर खाद्य सामग्री उपलव्ध गराइएको हो । विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर सेवा घरमा रहेका नागरिकहरुका लागि छ बोरा चामल, १० किलो दाल, १ कार्टुन खाने तेल, १० प्याकेट नुन, १ किलो बेसार र १० किलो चिउरा उपलव्ध गराएको विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले जानकारी दिनुभयो ।
सहाराविहीन भएपछि सेवा घरले अहिले ३५ जना नागरिकहरुलाई आश्रय दिइरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्ती मगर, प्रिन्सिपल मानसिंह घर्ती, सञ्चालक समितिका सदस्यद्वय बालकृष्ण रोका र एमवी केसी तथा विद्यार्थी शुभम बुढाथोकीले बोल्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।