• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पार्टीमा अनुशासन आवश्यक : सहमहामन्त्री उपाध्याय




अमरराज आचार्य
दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीमा अनुशासनको आवश्यकता रहेको बताएकी छन् । वडादेखि माथिल्लो तहसम्मै अनुशासनको कमी देखिएको उनले बताएकी हुन् । ‘पछिल्लो समयमा पार्टीमा अनुशासनको कमी देखिएको छ, यसमा सुधार हुन जरुरी छ’, उनले भनिन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ (१) को दोस्रो सम्मेलनको उद्घाटन गदै उनले यस्तो बताएकी हुन् ।

पार्टीमा अनुशासन कायम भए पार्टीलाई अगाडि बढाउन सहयोग पुग्ने उनले बताइन् । पार्टीका हरेक कार्यक्रम जनतासम्म लिएर जानु पर्ने भन्दै यसतर्फ नेता कार्यकर्ता अनुशासित र मर्यादित भएर लाग्न समेत आग्रह गरिन् । ‘हामीले धेरै काम गरेका छौँ तर हामीले गरेका कामबारे जनतालाई जानकारी दिन सकेका छैनौँ’, उनले भनिन् । पछिल्लो सयम पार्टीको बारेमा चौतारा, चिया पसलमा बसेर कुरा काट्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै यसले न पार्टी न नेता तथा कार्यकर्तालाई नै फाइदा पुग्ने सहमहामन्त्री उपाध्यायको भनाइ थियो । पार्टीबारे छलफल तथा बहस चिया पसल र चौतारामा नभइ पाटीका नेता तथा कार्यकर्ता बसेर गर्नु पर्ने उलने बताइन् । ‘केन्द्रलाई मात्र दोष दिएर आफू पन्छिने काम राम्रो होइन, सबै जिम्मेवार बन्नु पर्दछ’, उपाध्यायले भनिन् ।

निर्वाचनको समयमा गरिएको गठबन्धन आवश्यताको आधारमा गरिएको पनि उनले बताइन् । तल्लोदेखि माथिल्लो तहसम्म आवश्यकताका आधारमा निर्वाचनमा गठबन्धन गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले हरेक कुरालाई नकारात्मक दृष्टिले मात्र हेर्न नहुने बताए । पार्टीलाई सही मार्गमा डो¥याउन सबै अनुशासित भएर एकताबद्ध हुन आवश्यक रहेको उनले बताए । ‘आफूलाई खबरदारी गर्न सक्ने क्षमता पनि आवश्यक पर्छ’, घिमिरेले भने । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनाले पार्टी भित्रको कमजोरी पहिचान गरेर त्यसको समाधान गर्न आवश्यक रहेको बताए ।

‘नेपाली कांग्रेस एक भयो भने कसैले हराउन सक्दैन’, उनले भने । पार्टीलाई मात्र दोष नदिएर आफूभित्र रहेका कमीकमजोरी सच्याएर अगाडि बढ्नु पर्ने उनको भनाइ थियो । यसले व्यक्ति तथा पार्टीलाई समेत फाइदा पुग्ने उनले बताए । ‘नेपाली कांग्रेस विकास गर्ने पाटी भएकाले पार्टीप्रति आम जनताको विश्वास छ’, उनले भने ।
राष्ट्रिय सभाका निवर्तमान सदस्य अनिता देवकोटाले देशको हरेक सङ्कटमा नेपाली कांग्रेसले नेतृत्व गरेर त्यसको समाधान गर्ने गरेको बताइन् । त्यसैले काग्रेसमाथि जनताको विश्वास रहेको उनले बताइन् । संविधानको रक्षाका लागि गठबन्धन गरिएको तर अस्थिरतामा रमाउन खोज्दा गठबन्धन तोडिएको उनले बताइन् । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शङ्करप्रसाद डाँगीले पार्टीलाई चलायमान गराउनतर्फ सबै लाग्नु पर्ने बताए ।

कार्यक्रम, सम्मेलन, अन्तरक्रिया, छलफलले पार्टीलाई चलायमान गराउन सहयोग पुग्ने उनको भनाइ रहेको छ । जिल्ला समितिले निर्माण गरेको कार्ययोजना अनुसार काम गर्न समेत नेता, कार्यकर्तालाई उनले आग्रह गरे । कार्यक्रममा सहभागीले पार्टी सरकारमा हुँदा पनि कार्यकर्ता तथा जनतामा निराशा देखिएको बताएका थिए । पार्टी सरकारमा भएको अनुभूति हुने गरी काम हुन नसकेको गुनासो समेत उनले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतम, महासमिति सदस्य भूपबहादुर डाँगी, महिला संघ दाङका जिल्ला अध्यक्ष गोमा रावत, नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, दाङ क्षेत्र नं २ (ख) का सभापति अभियान बस्नेत, घोराही नगर सभापति तिलक रावत, बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीलगायतले भनाइ राखेका थिए ।

कार्यक्रम क्षेत्र नं २ (क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वार्षिक साङ्गठनिक प्रतिवेदन सचिव माया पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नारायण भण्डारीले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । उपसभापति लक्ष्मणकुमार बुढाथोकीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए ।

कांग्रेस कमजोर भए देश कमजोर हुन्छ : सहमहामन्त्री राठौर
यसैबिच नेपाली कांग्रेसका सहमहामन्त्री किशोर राठौँरले कांग्रेस कमजोर भए देश कमजोर हुने बताएका छन् । नेपाली कांग्रेस लमही नगरको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले यस्तो बताएका हुन् ।

देशमा कुनै समस्या आए कांग्रेसबिना हल नहुने समेत उनले बताए । कांग्रेसले देशको हरेक परिस्थितिमा कम्युनिस्ट मिलाउँदै गएकोले देशमा आर्थिक सङ्कट भएको बताँदै उनले लिडरहरू उत्तरदायी बन्नु पर्ने बताए ।

नगर सदस्य सुलोचना गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही वडा नं. ८ का सभापति यादवनाथ योगी, प्रदेश महाधिवेशन सदस्य कुमार घिमिरे, लमही नगर प्रमुख जोगराज चौधरी, जिल्ला सचिव अर्जुन योगी, लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाली काग्रेस लमही नगर सचिव प्रेम कालाथोकीले गरेका थिए ।

Facebook Comments