घोराही । घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी पुर्नताजकी तालिम दिएको छ ।
उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले गत बर्ष तालिम प्रदान गरेका अस्पतालका विभिन्न वार्डका स्वास्थ्यकर्मीहरुलाई पुर्नताजकी तालिम दिएको हो ।
विरामी र आफन्तहरु तानब, चिन्तामा हुने र उनिहरुलाई नआत्तिन तथा निराश नहुनका लागि उपचार सँगै स्वास्थ्यकर्मीहरुलाई परामर्श समेत दिनका लागि तालिमको आयोजना गरिएको शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले मानसिकरुपमा स्वस्थ भए मात्रै मानिसले सहित निर्णय लिन सक्ने भएकाले विरामी र आफन्तजनको मनोइच्छालाई बुझेर उपचार गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न कारणले मानिसहरु डिप्रेसनमा पर्ने भएकाले उनीहरुलाई चिन्ता, तनाब, पिर, पीडा, दु:खबाट मुक्त गराउन यस्ता तालिमले स्वास्थ्यकर्मीहरुलाई सेवामा थप निखारता ल्याउने बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।