• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल मन्टेश्वरीका विद्यार्थीहरु दीक्षित




घोराही । घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नं. १५ मा रहेको गुरुकुल एकेडेमीको प्रि विद्यालयका बिद्यार्थीहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उहाँले यस्तो बताउनुभएको हो ।

बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उहाँले बताउनुभयो। ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उहाँले भन्नुभयो। त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उहाँले आग्रह समेत गर्नुभयो । विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने भन्दै उहाँले अभिभावकहरुले विद्यार्थीलाइ अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताउनुभयो । यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उँहाको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी वढदै गएको समेत उहाँले बताउनुभयो । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उहाँको भनाइ रहेको छ । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताउनुभयो । पूर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताउनुभएको थियो ।

साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गनुभएको थियो । शनिबार भएको दीक्षान्त कार्यक्रममा प्रि २ का ५३ जना बिद्यार्थिहरुलाई दिक्षान्त गरीएको हो भने प्रि १ र २ का बिद्यार्थिहरुका हजुरबुवा हजुरआमाहरुलाई सम्मान गरीएको थियो । सो अवशरमा बिद्यार्थिहरुले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए  भने बिज्ञान प्रदशर्नि पनि प्रस्तुत गरीएको थियो ।

त्यस लगतै अभिभावकहरुको लागि खेल पनि खेलाइएको थियो ।कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , पद्योदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत , शिक्षक विबेक देबकोटा ,अभिभावक तथा प्रि २ का बिद्यार्थिहरुले मन्तब्य राख्नुभएको थियो ।

विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ । बिद्यालयमा अहिले प्ले ग्रुप देखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ ।

Facebook Comments