दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र न २ (क) को दोस्रो सम्मेलनमाको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
सम्मेलनलाई नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एंव लुम्बिनी प्रदेश स्वास्थ मन्त्री राजु खनाल लगायत नेतहरुले सम्बोधन गर्ने क्षेत्र न २ (क) सभापति प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।
यश प्रदेश भित्र पर्ने १५ वटा वडा र घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सम्मेलन सम्पन्न भैसकेको छ ।
मिति २०८० चैत १७ गते अर्थात भोलि सनिवार घोराहीको पौवा होटेल हुने सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।