तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे दाेस्राे चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।
गाउँपालिकाकाे वडा नं.९ रुपाकाेटमा कार्यक्रम आयोजना गरिएको थियो ।
राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बताउनुभयो ।
साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले दाेस्राे चाैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ,विद्युत लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास, सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुखहरूले जवाफ दिनु भएको थियोे।
उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक,विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष,उपभोक्ता समितिका पदाधिकारी,संचारकर्मी लगायत स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गर्नु भएकोे थियो।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।