घोराही । अखिल (समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला अध्यक्ष खुम सीले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई फलफूल वितरण गरेका छन् । उनले आफ्नो २० औं जन्मोत्सवको अवसर पारी बुधबार घोराही-१६ तेरौटेमा रहेको वृद्धाश्रमा पुगी वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका हुन् ।
पछिल्लो समयमा मानिसहरूले आफ्नो जन्मदिनलाई खर्चिलो बनाउँदै समाजमा संस्कारको रुपमा विकृति भित्र्याइरहेको हुँदा त्यसलाई निरुत्साहित गर्न र समाज सकारात्मक सन्देश दिन वृद्धाश्रममा गएर स्याउ, केरा र अंगुर सहयोग गरेको संगठनका अध्यक्ष खुम सीले बताए ।
`मैंले मेरो जन्मोत्सव धन भएका भन्दा मन भएकाले गर्न सक्छ भन्ने सकारात्मक सन्देश समाजमा पुर्याउन वृद्धवृद्धाहरुलाई फलफूल सहयोग गरेको छु´ उनले भने `
समाजमा चल्ने संस्कार, संस्कृतिहरुको नाम विकृति, विसंगति भित्र्याउँदै फजुल खर्च गर्नेहरुलाई सामाजिक कामप्रतिको सन्देश पुगाउन सामान्य सेवाको गर्ने प्रयत्न गरेको छु । यो सानो सेवाले पक्कै सामाजिक रूपमा सकारमतक भूमिका पुग्ने विश्वास लिएको छु।´
सकेसम्म यो समाज र राष्ट्रको निम्ति राम्रो काम गर्ने र समाजलाई सकरात्मक बाटो देखाउने लक्ष्य रहेको उनको भनाइ छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।