दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भोलि अर्थात् बुधबारदेखि सुरु हुने भएको छ ।
व्यवसायीबीच एकता सद्भाव एवं परिचात्मक हुने भन्दै संघले आफ्नो स्थापन दिवसको अवसरमा रचनात्मक काम गर्दै आएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताउनुभयो ।
उद्घाटन खेलमा गत बर्षको बिजेता राप्ती अञ्चल अटो एसोसिएसन र उपबिजेता रेडिमेट फेन्सीबीच हुने फुटबल प्रतियोगिताको संयोजक बिक्रम रानाले जानकारी दिनुभयो ।
संयोजक राना अनुसार १५ गते बिहीबार पहिलो खेल किराना तथा गल्ला व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी र दोस्रो खेल दाङ जिल्ला फोटोग्राफर एसोसिएसन र दाङ देउखुरी होटल व्यवसायीबीच हुनेछ भने १६ गते शुक्रबार सेमिफाइनल खेल हुनेछ ।
संघले ५४ औं स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगिता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगिता, हाजिरी जवाफ, बक्तित्वकला, व्याडमिटन , कुर्सीदौड, रक्तदान, बोरा दौड प्रतियोगिता कार्यक्रमहरु आयोजना गरेको छ । संघले यसअघि नै रक्तदान कार्यक्रम गरिसकेको जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।