घोराही । घोराही उपमहानगरपालिकाको आयोजनामा शनिबार देखि घोराही १८ नवलपुर खेल मैदानमा प्रथम घोराही गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ ।
घोराही उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । अन्तरपालिका स्तरी फुटवल प्रतियोगितामा घोराही सहित ७ स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी खेलाडीहरु सहभागि भएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकास र खेलाडीहरुमा निखारता ल्याउनका लागि अन्तरपालिका खेलको आयोजना गरिएको बताउनुभयो ।
खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासन, मेहनत, लगनशिलता र कुलत रहित बनाउने समेत योजना रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विशिष्ट आथिती शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले खेलकुद कै माध्यमबाट दक्ष र अनुशासीत जनशक्ति तयार पार्न सकिने बताउनुभयो । खेल क्षेत्रमा पालना भएका नियम जस्तै अन्य क्षेत्रमा पनि नियम र अनुशासनको खाँचो रहेकोमा समेत जोड दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राममणि पाण्डे, वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल, खेलकुद विकास समितिका सदस्य केशब थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शनिबार भएको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई एक विरुद्ध तीन गोल गर्दै घोराही उपमहानगरपालिका विजयी भएको छ । घोराहीका तर्फबाट विकेश चौधरी, कमल विकले एक एक गोल गर्नुभयो भने शान्तिनगरले आत्मघाती एक गोल गरेको थियो । अर्को तर्फ शान्तिनगरका नविन केसीले एक गोल गर्नुभयो । प्रतियोगितामा घोराहीका विवेक कैला म्यान अफ द म्याच हुनुभयो । आज आइतबार राप्ती गाँउपालिका र तुल्सिपुर उपमहानगरपालिका बिच दिनको २ बजे नवलपुर खेलमैदानमा खेल हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।