घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
शनिबार घोराहीमा सम्पन्न भएको सम्मेलनले शिशिर सीको अध्यक्षतामा दुई जनापछि थप गर्नेगरी २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा जगत सी, सचिवमा समीर सी सह- सचिवम अभिषेक सी र कोषाध्यक्षमा दीपक खड्का सी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा भूपेन्द्र सी, नविल सी, जितेन सी, उमेश सी, रमेश सी, मन प्रसाद सी, महेन्द्र सी, सुवर्ण सी, दिपक केसी सी, सन्तोष चौधरी सी, प्रतीक्षा सी, रविन घर्ती सी, दिपक पुन सी, राजेश सी चयन भएका हुन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।