• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
किसानको हितमा काम गर्न परियोजनालाई सुझाव




प्रिया स्मृती गजमेर

लमही । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले किसानका हकहितमा काम गर्न रिप्लान्ट परियोजनालाई सल्लाह दिनु भएको छ । बुधबार लमहीमा आयोजना अगरेको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यो परियोजनाले शुरु गरेको कार्यक्रमले किसनलाई राम्रो फाइदा भएको बताउदै नगरप्रमुख चौधरीले किसनले उत्पादन गरेका अन्नबालीलाई किराले नोक्सान पुर्याउने भएकोले किसान चिन्तित छन्, यो समस्याबाट कसरी किसानका अन्नबाली सुरक्षित हुन्छन त्यो बारे किसानलाई राम्रोसंग सल्लाह सुझाव दिएको भन्दै रिप्लान्ट परियोजनालाई धन्यवाद दिनु भएको हो ।

त्यसैगरी लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले किसानले उत्पादन गरेका अन्नबाली देखि लिएर वचत गर्ने, विमा बनाउने जस्ता अत्यन्तै महत्वपूर्ण कुराहरुमा यो परियोजनाले राम्रो भूमिका खेलको बताउनु भयो । सबैबाट ठगिएका किसानलाई थोरै भएपनि राहत हुने गरि काम गरेकोले आगामी दिनमा पनि यस्तै गरि सहकार्य रहोस’– उपप्रमुख योगीले भन्नु भयो ।
ग्रामीण महिला उत्थान केन्द्रद्वारा संचालित रिप्लान्ट परियोजना लमही नगरपालिका सहित दाङका पाँचवटा स्थानीय पालिकामा संचालित छ । यो कार्यक्रम घोराही, तुलसीपुर उपमहानगरपालिका, राप्ती र दंगीशरण गाउँपालिकामा संचालित रही विशेष गरि किसानहरुको क्षेत्रमा काम गर्दै आएको छ ।
अन्नबाली भण्डार गर्ने पिक्स ब्याग जो अन्नलाई किराबाट सुरक्षित राख्न मद्दत गर्दछ त्यो झोला प्रयोगका बारेमा किसानलाई सुसुचित गराउने, किसानलाई सहज हुनेगरी मुक्तिनाथ विकास बैकमा खाता खोल्न लगाई आर्थिक कारोबारमा सहजीकरण गर्दिने, किसानलाई बालि विमा गराउन अभिप्रेरित गर्ने यो परियोजनाको मुख्य उदेश्य भएको रिप्लान्ट परियोजनाकी लोन सुपरभाइजर कमला शर्माले बताउनु भयो ।
कम्तिमा पनि नौ हजार किसानमाझ यो कार्यक्रमलाई पुर्याउने, एक हजार कृषकको वचत खाता खोल्ने लक्ष्य रहेको शर्माको भनाई छ । धेरै किसानले यो सेवा प्राप्त गरिसकेको उहाँको भनाई छ । यो कार्यक्रम लागु भएका सबै पालिकामा पहिलो चरणको कार्यक्रम सम्पन्न भैसकेको र दोस्रो चरणको कार्यक्रमको पनि अन्तिम चरण भएको सुपरभाइजर शर्माले जानकारी दिनु भएको छ ।

आज लमहीमा सम्पन्न भएको पालिका स्तरीय सल्लाहकार समितिको बैठकमा कार्यक्रमका बारेमा रिप्लान्ट कार्यक्रमका अधिकृत बसन्त गिरी र कार्यक्रमका संयोजक हित बहादुर थापाले प्रकाश पार्नु भएको थियो । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रिप्लान्ट परियोजनाकी लोन सुपरभाइजर कमला शर्माले गर्नु भएको थियो ।

Facebook Comments