आलोक भावुक
गढवा। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा आज बुधबार देखि तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले गढवा गाउँपालिका सहकारी शाखाले तालिम शुरु गरेको हो ।
तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिका भित्र रहेका सहकारी संघ संस्थाहरुको प्रवर्द्धन र विकासका लागि व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका व्यवस्थानका कर्मचारीहरुलाई क्षमतावान बनाउन यस्तो खालको तालिमले सहयोग पुग्ने बताउनुभयो।
सहकारीका नीति र सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीहरुमा समस्या आएको बताउनु भयो।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले तिनदिने सहकारी व्यवस्थापन तालिममा सहकारीको परिचय, सिद्धान्त, मूल्य मान्यता, ईतिहास, सहकारीको व्यवस्थापन, सञ्चालक समितिका सञ्चालक समिति, लेखा सुरिवेक्षण समिति, पदाधिकारीहरुको भूमिका तथा जिम्मेवारी सहित लेखाको परिचय, सिद्धान्त सहकारी संस्थामा यसको महत्व लगायत व्यवहारिक विषयमा छलफल हुने जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले सहकारीहरुले जुन उद्देश्यका लागि भनेर दर्ता भएका थिए त्यै अनुसार काम गरे सहकारीमा समस्या नहुने बताउनु भयो।
तालिम चैत्र ९ गतेसम्म गढवा गाउँपालिकाको सभाहलमा सञ्चालन हुने भएकोछ। तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको छ ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, सहकारी शाखाका अधिकृत अशोक कुमार यादव, गढवा गाउँपालिका सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराज लगायतकाको सहभागिता रहेको थियो।
सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सत्यपाल यादवले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।