हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी ,मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।
आज दिउँसो कोशी ,मधेस, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।