• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमाले सल्यानको अधिवेशन चैत्र १८ देखि, ३६५ प्रतिनिधि सहभागी हुँदै




सल्यान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सल्यानले यहि चैत्र १८, १९ र २० गतेका लागि दशौँ जिल्ला अधिवेशनको मिति तय गरेको छ । सोमबार खलंगा स्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको मिति तय गर्दै प्रतिनिधी छनौटको लागि आवश्यक निर्णय गरेको हो । दशौँ जिल्ला अधिवेशनमा जिल्लाभरबाट करिव ३६५ प्रतिनिधि छनौट भएर आउने एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए ।

पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन कार्यविधि, २०८० बमोजिम प्रचिनिधी संख्याको टुंगो लगाएको हो । प्रतिनिधी छनौटको निर्वाचन क्षेत्र भुगोलमा वडालाई र समावेशी प्रतिनिधीको लागि पालिकालाई बनाइएको पार्टी सचिव बुढाथोकीले बताए । उनका अनुसार खुला तर्फ २० जना संगठित सदस्य बराबर एक जना र दलित तर्फ १५ जना सदस्य बराबर एक जना सदस्य छनौट भएर आउनेछन् । जसमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

अधिवेशन सफलता पूर्वक सम्पन्न गर्नका लागि बैठकले विभिन्न उपसमितीहरु पनि गठन गरेको छ । जिल्ला अध्यक्ष गोविन्द पुनको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष भिम बहादुर सेनको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उपसमिति गठन गरिएको छ । यस्तै जिल्ला सचिव ओज बहादुर बुढाथोकीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उप सचिव दान बहादुर केसीको संयोजकत्वमा आर्थिक तथा आवास व्यवस्थापन उपसमिति र अर्का उपसचिव पुस्पा वोहराको संयोजकत्वमा अतिथी सत्कार उपसमिति गठन गरिएको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठले अधिवेशन पश्चात पार्टी थप बलियो भएर जाने विश्वास व्यक्त गरे । उनले पार्टीलाई बलियोे राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि पार्टीको सङ्गठनात्मक जीवनलाई एकताबद्ध, सुव्यवस्थित र गतिशील बनाउनुपर्नेमा जोड दिए । यस्तै एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जिल्ला पार्टीलाई एकताबद्ध तरिकाले व्यवस्थीत रुपमा अघी बढाउन सहमतिको इमान्दार प्रयास गर्नुपर्ने बताए । जनताको बहुदलीय जनवादसंग सही दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति, संगठनको आधार रहेका भन्दै उनले नेपालको राजनीतिमा एमालेको विकल्प नरहेको दाबी गरे ।

बैठकमा पालिका कमिटीका अध्यक्षहरुले हाल सम्मको अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए । नेकपा एमालेको विधानमाको धारा ३६ मा भएको व्यवस्था बमोजिम जिल्ला अधिवेशनले अध्यक्ष– १, उपाध्यक्ष– १, सचिव– १, उपसचिव २ जना चयन गर्नेछ । पदाधिकारीमा एक महिला अनिवार्य गरेको छ ।

Facebook Comments