• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिप्रका रुकुमपूर्वको सार्वजनिक सुनुवाइ, विभिन्न शीर्षकमा ४७ मुद्दा दर्ता




सावित्री खत्री
रुकुमपूर्व। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले नागरिक तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाकाे भूमे गाउँपालिकाकाे केन्द्र खाबाङ बगरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हर प्रहर गाउँ र नगरी टाेल टाेलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ उक्त नागरिक तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे ।

जसमा प्रहरी जनशक्ति, जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी इकाई तथा भवन सम्बन्धी विवरण, जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षा कायम गर्न गरिएका प्रयासहरु, अपराध अनुसन्धानका क्षेत्रमा सम्पादन गरिएका कामहरु, अपराध अनुसन्धान तर्फ आर्थिक वर्ष २०८० साउनदेखि हालसम्मको विवरण सार्वजनिक, तिन वटै पालिकाकाे हालसम्मको मुद्दा दर्ताकाे अवस्था, फैसला कार्यनयन तर्फ फरार प्रतिवादी पक्राउ विवरणबारे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी अन्जना श्रेष्ठले जानकारी गराउनुभएकाे थियो ।

त्यस्तै डिएसपी श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि संख्यात्मक ठाडो उजुरी विवरण, समुदायमा विभिन्न सचेतना मुलक कार्यक्रम बारे जानकारी, ट्राफिक कारबाही तथा राजश्व सम्बन्धि जानकारी,अवैध घरेलु हातहतियार संकलन तथा नियन्त्रण, समुदाय प्रहरी साझेदारी अन्तर्गत अहिलेसम्मकाे कार्यक्रम विवरण, सम्बन्धि पनि जानकारी गराउनुभएकाे छ ।

जसमा अपराध अनुसन्धान तर्फ आर्थिक वर्ष २०८० साउनदेखि अहिलेसम्म विभिन्न शीर्षकमा ४७ वटा मुद्दा दर्ता भएकोमा अहिलेसम्म ३३ वटा मुद्दा फर्छौट भएका छन भने बाँकी १४ वटा मुद्दा अनुसन्धान तथा फर्छौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वकाे तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यक्रममा बाेल्दै भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ र निवर्तमान भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले प्रहरीले समुदायमा सञ्चालन गरेकाे विभिन्न सचेतनामुलक कार्यक्रमले समुदायलाई धेरै ठुलो टेवा पुगेको र प्रहरीलाई पनि शान्ति सुरक्षा कायम गर्नका लागि स्थानीयहरुले पनि आवश्यक सहयोग गर्न जरुरी रहेको उल्लेख गर्नुभएको थियो ।

डिएसपी अन्जना श्रेष्ठकाे अध्यक्षतामा भएको उक्त सार्वजनिक सुनुवाइ तथा नागरिक सुनुवाइ कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा रहनु भएकोमा बिशेष आतिथ्यता निवर्तमान भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाकाे रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र भूमे गाउँपालिका अध्यक्ष रुपधन कामी, वडा अध्यक्षहरु, शिक्षक, भूमे गाउँपालिका कर्मचारीहरु र स्थानीयहरुकाे पनि उपस्थिति रहेको कार्यक्रमकाे स्वागत मन्तव्य इलाका प्रहरी कार्यालय काँक्रीका निमित्त प्रहरी प्रमुख मानबहादुर बुढाथोकीले राख्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सहायक प्रहरी निरीक्षक बाबुराम पौडेलले गर्नुभएको थियो ।

Facebook Comments