दाङ ।घोराही–५, दलजितपुर स्थित श्री महेन्द्र आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउनेबारे शुक्रबार एक अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिको पहलमा शुक्रबार आयोजित कार्यक्रममा उक्त विद्यालयको भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
घोराही उपमहानगरपालिकाको एक वडा एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत नमुना विद्यालयमा परेको श्री महेन्द्र आधारभूत विद्यालय दलजितपुरलाई नमुना विद्यालय कसरी बनाउन सकिन्छ भन्नेबारे विद्यालयका पूर्व प्रअ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
‘उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा त ग¥यो तर हाम्रो हालत यस्तो छ । शिक्षक नियुक्त गर्न सकिएको छैन । कार्यरतलाई तलब खुवाउन सकिएको छैन ।’ विद्यालयका प्रअ दामोदर लामिछानेले भन्नुभयो ।
२०१८ सालमा स्थापित विद्यालय जोगाउन सबैको साथ चाहिएको छ भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम केसीले भन्नुभयो, ‘सबै लागौँ । सबैले पहल गरौँ । सामुदायिक विद्यालय बनाउन सकिएन भने समाज झन् पछाडि पर्ने छ ।’
कार्यक्रममा रझेना नमुना माबिका प्रधानाध्यापक उद्धव न्यौपानेले विद्यालय सुधारमा आफुले गरेका पहलबारे आफ्ना अनुभव सुनाउनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक चौधरीको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रियामा सोही विद्यालयका पूर्व प्रअ प्रेम ओली, पूर्व शिक्षक अमर खड्का, सूर्य बिसी, पुष्पा रावत, हिम बहादुर परियार, रमेश डाँगी, विष्णु बिक, खिम पुरी, हिरा बहादुर केसी, निर्मला हमाल, दामोदर बस्नेत लगायतले विद्यालय सुधारका सुझावहरु दिनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।