• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मिक नेपालको सहयोगमा साना सिंचाइको काम सम्पन्न




रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका ९ चक्ते चौरमा मिक नेपाल र युनाइटेड मिसन टु नेपाल रुकुम पुर्व को साझेदारीमा‌ सन्चालन दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न भएको छ ।UMN को साझेदारीमा नेपाल मगर समाज तथा सूचना केन्द्र सीड परियोजनाको सहयोग र स्थानीयले श्रमदान गरि साना सिचाइको काम गरिएको थियोे । कुल लागत २ लाख २१ हजार ५ सय ४ मा निर्माण भएको साना सिचाइको लागि संस्थाले सामाग्री खरिद तथा कामदार खर्च १ लाख ९० हजार सहयोग गर्दा भने स्थानीयले ३१ हजार ९ सय ४ बराबर श्रमदान गरेका थिए ।

निर्मित साना सिचाइ पुथा उत्तरगंगा गाउँपालिका कार्यपालिका सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका अनुगमन समिति कार्यभाहक संयोजक राजकुमार सुनार, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ९ अध्यक्ष हर्क प्रसाद रोका, मिक नेपाल सीप परियोजना संयोजक मुकुन्द पुन, मिक नेपाल सिड परियोजना संयोजक उत्तम बिक, पुथा उत्तरगंगा शिक्षा शाखा प्रमुख राम प्रकाश खद्का, पुथा उत्तरगंगा गाउँपालिका पशु शाखा प्रमुख, पुथा उत्तरगंगा गाउँपालिका कृषि शाखा प्रमुख ओम प्रकाश ओली, पुथा उत्तरगङ्गा गाउँपालिका भौतिक शाखा सब इन्जिनियर श्रृष्टा बुढा, लगायतले अनुगमन गर्नु भएको थियो ।

स्थानीयको साना सिचाइ आवश्यक छ भनि माग गरेपछि परियोजनाले सहयोग गरेकाे मिक नेपाल सीड परियोजना संयोजक उत्तम बिकले बताउनुभयो । आफू अहिले भन्दापनि साना सिचाइबाट स्थानीयले फलफूल तथा तरकारी उत्पादन गरेको दिन हर्षित हुने संयोजक बि कले बताउनुभयो । मिक नेपालले UMN सँगको साझेदारीमा विभिन्न परियोजना मार्फत शिक्षा क्षेत्र, बाताबरण क्षेत्रसँगसँगै भौतिक विकास क्षेत्रमा समेत काम गर्दै आएको छ ।

Facebook Comments