दाङ-दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलाइ भत्कदा तीन जना मजदुरकाे मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान निर्माणकाे क्रममा ६ तल्ला माथिकाे सट्रिङ्ग भत्किदा भारतिय मजदुरकाे मृत्यु भएको हाे । घटनामा परी तीन मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।
मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ बर्षिप मंगल कस्यव, २२ बर्षिय दयाल हरेन, ४६ बर्षिय साहेव रहेका छन ।
घटनामा परी अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ घाइते भएका छन । जस मध्य अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियाे ।
घटना राति २ बजे भएको बुझिएको छ । घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।