• ३० फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण




निराजन सिर्पाली

रुकुमपूर्व । रुकुमपूर्वमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्तासम्बन्धी एक दिने घुम्तिशिविर सम्पन्न भएको छ । जिल्ला सदरमुकाम रुकुमकाेट स्थिति काजिन्द्रामा उक्त घुम्तिशिविर सम्पन्न भएको हाे ।

नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय सुचना तथा प्रसारण विभागकाे आयाेजना तथा नेपाल पत्रकार महासंघ रुकुम पूर्व शाखाकाे समन्वयमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धि घुम्तिशिविर सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ रुकुम पूर्व शाखाका अध्यक्ष मैत्या घर्तीले जानकारी दिनुभएको छ ।

शिविरमा रुकुम पूर्व र पश्चिमका गरि १९ जना पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय सुचना तथा प्रसारण विभागका कम्प्युटर अपरेटर खगेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।।

Facebook Comments