दाङ । बुद्ध ईन्टरनेशनल हस्पिटलका चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका छन् ।
घोराही उपमहानगरपालिका १५ सडक बिभागको ओरालोमा रहेको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीमा राजपुर गाउँपालिका वडा नम्बर १ बस्ने ९ बर्षका सुरेश कुवरको उपचार क्रममै मृत्यु भएको छ ।
गाला सुनेर आज बिहान ९ बजे उपचारका लागि अस्पताल लिएको तर अस्पताल लिएको १ घण्टा पछि बच्चाको मृत्यु भएको मृतकको आफन्त सपना बुढाले जानकारी दिइन् ।
कुवरको मृत्युपछि उनको परिवारले अस्पताल बन्द गरेका छन् भने अहिले सम्म अस्पताल पक्ष र पिडित पक्ष विच बार्ता बसेको छैनन् ।
यता अस्पताल पक्षले बच्चालाई केही दिन पहिलाको समस्या रहेको र घर परिवारले झाकी बसाल्ने गरेका थियो निको नभय पछि आज मात्र अस्पताल लिएको तर अस्पतालमा कुनै चेकजाँच गर्न न पाउदै मृत्यु भएको बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।