१.अहिले जागीरमा महिलाको सङ्ख्या उल्लेख्य छ, प्रायः महिलाले पेशासँगै बालबच्चाको हेरचाह र परिवारको जिम्मेवारी उठाउनु पर्नेहुँदा बाहिर बस्दा कामको बोझ र विभिन्न मानसिक समस्या झेल्नुपर्ने हुन्छ।
२.बालबच्चा आमासँग नै रहने हुँदा महिला शिक्षक कर्मचारीले जति परिवारको साथमा हुँदा अध्ययनलाई निरन्तरता दिने,तालिममा सहभागी हुने,कार्यस्थलमा अतिरिक्त समय दिने तथा अन्य पेसागत विकासका अवसर पाउँछन् त्यति सहज घरबाहिर हुँदा हुँदैन् ।
३.बाहिरको समाजमा गएर काम गर्दै गर्दा जति आफ्नो समाजमा रहेर सामाजिक काममा सहभागी हुने मौका पाइन्छ त्यति अन्यत्र पाइदैन ।त्यो समाजले अपनत्व नदिएको र शिक्षक कर्मचारी पनि अतिरिक्त समय त्यतिकै खेर गएको हुन्छ ।
४.रोजगार र व्यवसायका अनेक विकल्प हुँदाहुँदै पनि आफ्नो परिवारलाई महत्त्व दिएर नेपालकै रोजगारी रोज्नेले घरपायक नहुँदासम्म न त परिवार र समाजलाई सुखदुःखमा साथ दिन सकिन्छ न त बचत गर्न नै सकिन्छ।
५.कतिपय शिक्षकहरुले घरदेखी अपायक ठाउँमा पनि लामो समय त्यहीँ ठाउँमा बसेर स्थानीय सरह बनेर बसेको उदाहरण पनि प्रशस्त छन् तर पुरुष शिक्षकले आफ्नो परिवारलाई सँगै राख्ने गरे तापनि महिलाको हकमा त्यो पनि सहज छैन। धेरै चुनौतीपूर्ण छ महिलाको लागि अपायक जागिर ।
लेखक सुनिता काफ्ले शिख मावि अन्नपूर्ण म्याग्दीमा कार्यरत शिक्षिका हुनुहुन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।