घोराही । दाङको घोराहीमा फागुन ३० गते भोलि वर्तमान राजनीति-आर्थिक संकट र सञ्चारमा त्यसको दुष्प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा ११:३० बजेदेखि सर्वोदय पुस्तकालयको सभाहलमा सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिका सदस्य जंग रेउलेका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
हामीले सबै सञ्चारकर्मी साथिहरु , पत्रकार संघ/संगठनका प्रमुख , आम बुद्धिजीवी मित्रहरु लगाएत सबै सञ्चार गृह , पत्रपत्रिका , अनलाइन , रेडियो , टेलिभिजन , नागरिक समाज , मानवअधिकारकर्मी लगाएत सबैलाई निमन्त्रणा सहित कार्यपत्र प्रदान गरिसकेका छौँ , उनले भने ‘ अहिलेको राजनीतिक – आर्थिक संकटले सञ्चार क्षेत्रमा गहिरो प्रभाव पारेको छ भन्नेमा सबैको सहमति छ तर निकासका बारेमा बिमर्श गर्न खुल्ला बहस चलाउने सोचले कार्यक्रम आयोजना गरेका हौं । कार्यक्रममा सहभागीताका लागि अपिल गर्दछौं ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।