दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार बाहिर बस्न नसक्ने भएकाले गठबन्धन ताेडेकाे बताउनु भएकाे छ ।
नेपाली काग्रेस बंगलाचुली गाउँपालिकाकाे दाेस्राे पालिका सम्मेलनलाई सोमबार सम्बाेधन गर्नुहुँदै नेपाली काग्रेसका लुम्बिनी प्रदेशका उप सभापति समेत रहनु भएका मन्त्री खनालले सहमति अनुसार अबकाे १० महिना पछि माधव नेपाललाई नेतृत्व दिनुपर्ने भएकाले प्रचण्ड आफै प्रधानमन्त्री भैरहन गठबन्धन ताेडेर भागेकाे बताउनुभयाे । आफ्नै नेतृत्वमा बनेकाे सम्बिधानकाे रक्षाका लागि काग्रेस गठबन्धनमा गएकाे स्मरण गर्दै मन्त्री खनालले नागरिक अधिकारका लागि काग्रेस सरकारमा हुनु र नहुनुमा कुनै फरक नपर्ने बताउनु भयाे ।
सरकार हुनु र नहुनुले काग्रेसलाई कुनै फरक नपर्ने भन्दै प्रमुख अतिथि समेत रहनु भएको मन्त्री खनालले नागरिकले मतबाट दिएकाे जिम्मेवारी सडकमै रहँदा पनि पूरा गर्न काग्रेस प्रतिबद्द रहेकाे बताउनु भयाे। अप्ठेराे परेकाे अबस्थामा नेतृत्व गरिदिन आग्रह गर्न कम्युनिष्टहरू आउने गरेकाे तर काग्रेस कहिल्यै पनि अरूकाे ढाेकामा पुगेर नेतृत्व नमागेकाे मन्त्री खनालले बताउनु भयाे । अबकाे निर्बाचन काग्रेस एक्लै लडने गरेर काम गर्न आग्रह गर्दै मन्त्री खनालले गएकाे निर्बाचनलाई समयकाे उपजकाे रूपमा लिनुपर्ने बताउनु भयाे । पार्टि र जनप्रतिनिधि बिचकाे सम्बन्ध सुमधुर बनाउन आग्रह गर्दै उहाँले मासिक रूपमा पार्टि नेतृत्व र जनप्रतिनिधि बिच छलफल गर्ने परिपाटि बसाल्न आग्रह गर्नुभयाे । पार्टि भित्रकाे एकता कायम गर्न पनि उहाँले आग्रह गर्नुभयाे । पार्टि नेतृत्वमा भएका कामहरूकाे बारेमा गाउँ स्तमा जानकारि गराउन पनि आग्रह गर्नु भयाे ।
समय समयमा रँग फेर्ने पार्टिबाट नभएर आफ्नाे बिचारमा अडिग रहने पार्टिबाटै काम हुन्छ भन्ने जनताले राम्ररि बुझेकाे मन्त्री खनालले बताउनु भयाे ।
नेपाली काङ्ग्रेसका बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका दाङ जिल्ला पुर्व सभापति मोहनलाल वलीले संगठन बलियो बनाउन शुभेच्छुक संघ संस्थामा मात्र नभई हरेक सामाजिक संघ संस्थामा नेपाली काङ्ग्रेसको सक्रिय सहभागिता हुन सके मात्र संगठन बलियो र मजबुद हुने बताए । चलायमान नरहेको अबस्थामा रहेका भातृ संस्थाहरु चलायमान हुन जरुरी भए जस्तै सामाजिक संघ संस्थाहरुमा पनि काङ्ग्रेसको सहभागिताका खाचो रहेको पुर्व सभापति वलीले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि बद्री खड्काले काङ्ग्रेसभित्र केही विवाद र असहमति हुनु स्वभाविक रहेको र त्यस्ता असहमतिका विषयहरुलाई आन्तरिक रुपम समाधन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गुटगत स्वार्थ त्यागेर अघि बढ्न सके मात्र काङ्ग्रेस बलियो हुने बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तेज बहादुर बिकले बिगतका कमी कमजोरीहरुलाई सच्चाएर अघि बढ्न आवश्यक रहेको बिचार ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस दाङ प्रदेश २ (क)का प्रकाश श्रेष्ठले टोल स्तरमा काङ्ग्रेसलाई लग्नु पर्ने र सम्पुर्ण नेता तथा जनप्रतिनिधिले जनगुनासो सुनेर काम गर्न सके मात्र काङ्ग्रेसको सगठन बलियो र सुदृढीकरण हुने बिश्वास ब्यक्त गरे ।
बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर जिसीले
बंगलाचुलीमा बिकासले गति लिएको बताउदै चुनावको बेला गरिएको मुख्य बच्चा बैकल्पिक बाटो र एक घर एक धाराको काम अघि सरेको समेत बताए र हामी पार्टी र संगठन संग सधै सहकार्य गरेर अघि बढेको समेत उल्लेख गरे ।
उपसभापति इन्द्रमणि वलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जित बहादुर वली, कृष्ण प्रसाद सुबेदी, हिम बहादुर डाँगी, दामोदर पुलामी, मैते पुन, डास बहादुर डाँगी, बिनोद गौतम ,इस्वर रोका, केशव जिसि,तेज बहादुर खत्री, ज्ञान बहादुर वली, केदार परियार लगायतले बोलेका थिए ।
कार्यक्रममा पालिकाको सचिव चेत प्रसाद डांगीले वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भन्ने विगत देखि निरन्तर काङ्ग्रेसको संगठन विस्तार गर्न योगदान दिने व्याक्तीलाइ सम्मान समेत गरेका थियोे । कार्यक्रमको सहजीकरण सचीव बलदेव मल्लले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।