तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे गाउँपालिकाले फागुन २९ गते आठौं स्थापना दिवस मनाउने भएको छ ।
दिवसको अवसरमा गाउँपालिकाको विकासका विषयमा छलफलका साथै विभिन्न व्यक्ति तथा क्षेत्रलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय गरेको छ ।
गाउँपालिकाको सभाहल मसुरीयामा बिहान ११ बजे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा पालिकाको स्थापना दिवस मनाईने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।
गाउँपालिकाकाे वि.सं.२०७४ सालमा स्थापना भए तापनि स्थापना दिवस भने पहिलोपटक मनाउन लागिएको बताइएको छ।
पालिकाको स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने व्यक्ति तथा संघसंस्थाहरुलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ ।
त्यसैगरी पालिकाको विकास र सम्बृद्विमा भुमिका खेलेका व्यक्तिहरुलाई समेत सम्मान गरिने बताइएको छ ।
साथै पालिकाको स्थापना दिवस कार्यक्रममा उपस्थित हुन सम्पूर्ण राजनितिक दल,नागरिक समाज, पत्रकार, अधिकारकर्मी, व्यवसायी,टोल विकास संस्था सबैलाई गाउँपालिकाका अध्यक्ष विष्टले आमन्त्रण गर्नुभएको छ ।
यसैबीच फागुन २८ गते बिहान देउखुरी क्षेत्रमा रहेका ४ स्थानीय तहहरुबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताकाे समेत आयोजना गरिएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।