• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुलद्वारा राउटेले बनाएको काठका भाँडा खरीद




घोराही । घोराही उपमहानगरपालीका वडा नं १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले राउटेद्धारा निर्माण गरीएका काठका भाँडा खरीद गरेको छ । समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाँउपालीकामा बसोबास गर्ने राउटेहरुले काठबाट बनाएका बिभिन्न प्रकारका भाँडा खरीद गरेको बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले बताउनुभयो ।

राउटेहरुले बनाएको भाँडा खरीद गर्नुको कारण केहि समय अगाडि कर्णालि प्रदेशबाट आर्थिक सहयोग माग्न भनि विद्यालयमा आएका थिए सोहि समयमा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले आर्थिक सहयोग गर्नुभएको थियो भने उँहाले उनै राउटेहरुको मेहनतको कदर गर्ने भन्दै आफ्नो सिप प्रयोग गरी काठबाट भाँडा बनाउन आग्रह गर्नुभएको थियो । सोहि आग्रह बमोजिम राउटेहरुले काठबाट बिभिन्न किसिमका भाडा निर्माण गरेका हुन । उनिहरुले बनाएको भाँडा गुरुकुल एकेडेमीले खरीद गर्दा एकातिर राउटेहरुको आर्थिक आयआर्जन हुने र अर्को तिर विद्यालयका विद्यार्थिहरुलाई यस्ता भाँडा सम्बन्धि जानकारी मुलक ज्ञान दिन पाइने भएको हुदा उक्त काठबाट बनेका भाँडा खरीद गरीएको अध्यक्ष ई. घिमिरेले बताउनुभयो ।

गुरुकुल एकेडेमीले राउटेहरुसंग काठबाट बनेका बिभिन्न किसिमका भाँडा जस्तै बाकस, ढकनि सहतिका कोसि , पिर्का लगायतका भाँडाहरु जम्मा ५८२५० मा खरिद गरेको हो । जंगलको राजा मानिने १४६ जना राउटेहरु कार्णालि प्रदेशको सुर्खेत र दैलेखमा बसोबास गर्दै आएका छन । उनिहरुले राज्यबाट पाउने भत्ता पनि केहि महिनाबाट पाएका छैनन जसले गर्दा उनिहरुलाई दैनिक जिविकोपार्जनमा समस्या हुदै आएको छ त्यसैले गुरुकुल एकेडेमीले उनिहरुको भाँडा खरीद गरी सहयोग गरेको हो ।  समानसंग गुरुकुल भन्ने नाराका साथ गुरुकुल एकेडमीले बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

Facebook Comments