दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको शान्तिनगर फाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा शान्तिनगर प्रवेश गरेको छ ।
दोश्रो सेमिफाइनल खेल अन्तर्गत घोराही र राप्तीको रात परे पछि खेल स्थगित भएको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा राप्तीले १ सेट बिजयी भएको थियो भन्ने घोराहीले २ सेट बिजय भएको थियो चौथो सेटको खेल जारी हुदा रेफ्रीद्वारा लाइटको कारण खेल स्थगित गरेका थिय ।
भोलि २५ गते बिहान ७ बजे घोराही र राप्तीको सुरु देखि खेल हुने आयोजकले जानकारी दिएको छ र भोलि नै फाइनल खेल हुने समेत जनाएको छ ।
प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ । गढवा बाहेकका पालिकाबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
लिगकम नकआउटका आधारमा भएको खेलमा प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।